बैकिङ कसूरकी आरोपीत दीक्षा पुन नियालोको घारीबाट पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

बैकिङ कसूर मुद्दाको आरोपमा कास्की प्रहरीले २७ वर्षिया दीक्षा पुनलाई पक्राउ गरेको छ । बाग्लुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगर–२ मिरुवा बस्दै आएकी दीक्षालाई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीस्थित नियालोको घारीवाट शनिवार पक्राउ गरेको हो । घारीभित्र लुकेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
‘दीक्षा पुन उपर बैकिङ कसूर मुद्दा दर्ता गरी पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा झाडीमा भेटायौ’ तिवारीले भने, ‘आइतबार उच्च अदालत पोखरामा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेका छौ ।’ पुनले पोखरा फाईनान्स लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा कुलबहादुर विकलाई गत वैशाख २६ मा ३ लाख रुपैयाँको चेक दिएकी थिइन् । खातामा रकम नभएको कारण उक्त चेक फाइनान्सबाट बाउन्स भएको डीएसपी तिवारीले बताए । उनका अनुसार कुलवहादुरले प्रहरीमा जाहेरी दिएका थिए । दीक्षाले विभिन्न व्यक्तिलाई युके पठाइदिने भन्दै रकम ठगी गरेको सूचना समाजिक सञ्जालमा सम्प्रेष्ण भएको हुदाँ यसविषयमा पनि अनुसन्धान भइरहेको बताउदै डीएसपी तिवारीले भने, ‘अन्य पीडित व्यक्तिहरु र प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *