जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ स्थायी घर भई हाल पोेखरा–१३ बस्ने ४४ वर्षिय सन्तोष भन्ने इन्द्रमान गुरुङ, पोखरा–१३ का ४० वर्षिय विकास गुरुङ, पोखरा–२० का३१ वर्षिय सावन विक र पोखरा–३० का ५३ वर्षिय कुमार गुरुङ रहेका छन् । सन्तोष र विकास शनिवार पक्राउ परेका हुन भने सावन र कुमार सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले विकासको साथबाट डाईजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १५९ एम्पुल बरामद गरेको छ । यस्तै, विकासको स्कुटरबाट डाईजापाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल, सावनको साथबाट डाईजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुल,
र कुमार गुरुङको साथबाट लागूऔषध डाईजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुलगरी जम्मा ८६ एम्पुल लागूऔषधसहित फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतमा लागूऔषध सम्बन्धि मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।
