देशको नेतृत्वमा केपी ओलीको विकल्प छैन– नेतृ सुन्दास

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका केन्द्रिय सदस्य सिता सुन्दासले देशले फेरी पनि केपी ओलीको नेतृत्व चाहेको बताएकी छन् । नेकपा एमाले विरुवा गाउँपालिका कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले स्याङजा जिल्ला इन्चार्ज समेत रहेकी नेतृ सुन्दासले गठबन्धन दलले देशलाई नेतृत्व दिन असफल भएकोले पनि केपी ओलीको विकल्प नभएको बताईन् । विगतमा ओली नेतृत्वको सरकारले राष्ट्रियताको मुद्धामा र विकास निर्माणमा पहलकदमी लिएको दृष्टान्त दिदै उनले देश जोगाउन र देशलाई समृद्धिको दिशातर्फ लैजाने केपी ओली नै एकमात्र विकल्प भएको बताईन् ।
सोही कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य सिमा क्षेत्रीले देशको अहिलेको संकटबाट निकास दिन सक्ने एकमात्र पार्टी एमाले भएको र अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने र यसको नेतृत्वमा केपी ओलीले गर्ने बताईन् । एमाले केन्द्रिय सल्लाहकार सचिवालय सदस्य टेकु नेपालीले विरुवा क्षेत्र कम्युनिष्टको गढ भएको र रहिरहने बताईन । एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले श्रमजिवी बर्ग र गरिब जनताको समस्या समाधान गर्न सक्ने एकमात्र पार्टी एमाले भएको दावी गरे । एमाले स्याङजा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरेले लेनिनवादी संगठनात्मक पद्धतिमा पार्टीलाई हिडाउनुपर्नेमा जोड दिएका थिए । एमाले प्रदेश कमिटि सचिवालय सदस्य मिनप्रसाद गुरुङले एमालेले स्थानीय निर्वाचनमा भएको कमी कमजोरीले सच्याएर अगाडि बढेमा पार्टीका पक्षमा नतिजा ल्याउन गाह्रो नभएको बताएका थिए ।
कार्यक्रममा संघीय सांसद नारायाण मरासिनी, एमाले प्रदेश कमिटि सदस्य चुनप्रसाद श्रेष्ठ, एमाले विरुवा गाउँपालिका कमिटि इन्चार्ज सुर्य कुँवर लगायतले संघ र प्रदेश निर्वाचनमा एक ढिक्का भएर जनतामाझ पुग्न सदस्यहरुलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले विरुवा गाउँपालिका कमिटि अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको सचिव गोपाल कोइरालाको सञ्चालन र उपाध्यक्ष कल्याण कुमार पोखरेलको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *