गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा महानगरपालिका–२२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएका छन् ।
उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दीभुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताए । उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गरे । सडक विस्तारको क्रममा जग्गा उपलब्ध गराउने बिषयमा जसले पहिला केही गुमाउछ प्रतिफल पहिला उसैले हात पार्ने मन्त्री बरालको भनाई थियो ।
समयमै उक्त परियोजना सम्पन्न गर्न सबैको सकरात्मक भूमिका आवश्यक भएको मन्त्री बरालको भनाई थियो । पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माणले हाल पुम्दीभुम्दीको पहिचान भएको उल्लेख गर्दै मन्त्री बरालले अब पोखराको बजारदेखि पुम्दीकोटसम्मको पिच सडक निर्माणले पुम्दीभुम्दीको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । पोखराको छोरोपाटन खाल्से हुदै कुभिन्डे सडक निर्माण प्रकृया समेत अघि बढेको बताउदै उनले पोखराको मुख्य बजारदेखि नजिक भएर पनि यस क्षेत्रको विकासमा रणनितीक महत्वका सडक निर्माण नहुँदा धेरै पछि परेको बताए ।
धेरै कठिनायिका बाबजुत पनि सामुहिक प्रयत्नका कारण उक्त सडक निर्माण हुने अबस्थामा आएको हो । इतिहासलाई नर्बिसिन आग्रह गर्दै बरालले रणनितीक महत्वका कामको नेतृत्व लिने व्यक्ति जनताको मनमा सधै रहने दाबी गरे ।
उक्त सडक निर्माणको क्रममा जग्गा दान गर्नेहरुलाई पोखरा–२२ वडा कार्यालयले एक समारोहकाबिच भव्य रुपमा सम्मान गर्ने भएको वडा अध्यक्ष हिमलाल बरालले बताउनु भयो । अर्थमन्त्री बरालकै बिषेश पहलमा उक्त सडक सहितपुम्दीभुम्दीका ठाँउमा सम्बोधन भएको अध्यक्ष बरालले बताए ।
