पृथ्वी राजमार्गअन्तर्गत त्रिशुली नदीमा ट्रक खसेर वेपक्ता भएको छ । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलामा शनिबार बिहान सवा ९ बजेतिर एउटा ट्रक त्रिशूली नदीमा खसेको हो ।
नदीमा खसेको ट्रकको ढोकाको भाग र शिशाहरू नदी किनारमा छिरोलिएको चितवन जिल्ला प्रहरीले जनाएको छ । इँटाहरू पनि खसेको हुँदा ट्रकले इँटा बोकेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकमा कतिजना थिए भन्ने बारेमा पनि केही जानकारी नखुलेको प्रहरीले बतायो । ट्रकको थप विवरण भने खुलिसकेको छैन् ।
Post Views: 21