राष्ट्रपति विद्यादेवि भण्डारी पोखरा आएकी छन् । सोमबार विहान ११ बजे बुद्ध एयरमा उनी पोखरा आएकी हुन् । अहिले उनी पोखरा महानगरपालिका–१७ विरौटास्थित होटल ग्राण्डमा बसेकी छन् । मंगलबार हुने कार्यक्रमको लागि उनी अघिल्लै दिन पोखरा आएको सुरक्षा स्रोतले जनाएको छ ।
राष्ट्रपतिले मंगलबार विन्ध्यावासिनी माध्यामिक विद्यालयको हिरक जयन्ती समापन तथा नवनिर्मित भवनको उद्घाटन र गुरुङ जातीको पर्व ट्होटेको सहभागी हुने कार्य सूची रहेको बताइएको छ । राष्ट्रपति भण्डारी सोमबार राजनीति भेटघाटमै व्यस्त रहने बताइएको छ ।
राष्ट्रपति आएपछि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार साँझ मात्रै नागरिकता विधेयक प्रतिनिधिसभामा नै फिर्ता गरेको हुदाँ उनको विरुद्धमा प्रर्दशन हुन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्ष निकायले जनाएको छ । नागरिकता विधेयकको तनाव कम गर्न पनि बस्ने गरि पोखरा आएको हुन सक्ने स्रोतले जनाएको छ ।
