पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशमा १४ वटा खेलहरुको छनौट तथा प्रशिक्षण सुरु भएको छ । गण्डकी खेलकुद परिषदले आयोजना गरेको उक्त छनौट तथा प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उद्घाटन गरे ।
परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनौट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन भएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेको छ । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ ।
विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी गण्डकी प्रदेशको राजधानि पोखरा आउने भएको परिषदले जनाएको छ । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवाशिय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले बताए ।
खेलाडी तथा खेल संघका पदाधिकारीलाई परिषदले उपलब्ध गराएको खेल सामाग्रि, स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दै अर्थ मन्त्री बरालले उक्त प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसावले कुनै अभाव नहुने बताएका छन् । व्यबस्थापकिय, सम्मान सत्कार, खेलाडीलाई आधारभूत व्यबस्थापकीय क्षेत्रमा कुनै कमी कमजोरी नगर्न मन्त्री बरालले निर्देशन दिदै आर्थिक अभावले प्रदेशले गर्ने कुनै पनि दाहित्व बहन गर्न तयार रहेको बताए । हरेक हिसावले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको मन्त्री बरालले बताए ।
अहिलेसम्म पनि खेल क्षेत्रमा संघियता आउन नसकेको मन्त्री बरालको भनाई थियो । संघ सरकारले जसरी खेल क्षेत्रलाई प्रदेशमा हस्तान्तरण गर्नुपर्ने अधिकार हालसम्म हस्तान्तरण गर्न नसक्दा गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई राम्रो गर्न खोज्दा खोज्दै नितीगत तथा कानूनि समस्याले गर्दा राम्रो गर्न नसकिएको मन्त्री बरालले जनाए । खेल क्षेत्रमा संघियता ल्याउन अब लडाई नै लड्नुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेशको प्रदेश निती तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारीले दिगो विकास लक्ष्य प्राप्तीको लागि खेलकुद पनि एक महत्वपूर्ण रुपमा रहेको बताए । नवौं खेलकुदलाई नेपाली ठुला चार्ड पर्वहरुको बिचमै अर्को ठुलो चार्डको रुपमा मनाउन उनले आग्रह गरे ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिब बद्रिनाथ अधिकारीले खेल क्षेत्रको विकास गर्न चाहेर पनि कम बजेट विनियोजन हुने गरेको बताए । परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले नियमित प्रशिक्षण प्रायः शुन्य भएकोले प्रदेशले पदक ल्याउन धेरै मेहनत गर्नुपर्ने बताए । उनले खेलकुदनमा सुसासन र आर्थिक पारदर्शीतामा ठुलो समस्या हुने गरेको जनाए । परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको थियो । नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुने भएको छ ।
मन्त्री बरालद्धारा मिडिया सेन्टर अवलोकन
यसैबिच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा रंगशालामा रहेको मिडिया सेन्टरको समेत अवलोकन गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मातहतमा रहेको उक्त मिडिया सेन्टरको बारेमा जानकारी गराउदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत आफुहरुले २१ लाख मुल्य बराबरको अर्को मिडिया सेन्टर स्थापनाको लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रचार प्रसार समितिलाई पेश गरिएको मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए । उक्त खेलकुदको लागि कम्तिमा एक सय जना क्षेमताको मिडिया सेन्टर स्थापना गर्नु आफुहरुले माग गर्दै आएको अध्यक्ष बरालले जनाए । उक्त मिडिया सेन्टर १३ औं सागको अवसरमा स्थापना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *