नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयन टुङग्याएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा पार्टी कार्यालयमा बसेको वैठकले पदाधिकारी चयन गरेको छ । पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् भने, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ रहेका छन् ।
यस्तै। उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल रहेका छन् । यसैगरी, सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् भने, कोषाध्यक्षमा श्रीराम ढकाल रहेको पार्टी कार्यालयले जनाएको छ ।
Post Views: 26