योजना वैंक निर्माण गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेशका नीति तथा योजना आयोगहरुले योजना वैंकको स्थापना गर्ने भएका छन् । एकीकृत तथ्यांक प्रणली र योजना वैंक आयोगलाई अत्यावश्यक रहेको भन्दै स्थापना गर्ने भएका हुन् । आइतबारदेखी सोमबारसम्म दुई दिन चलेको सातै प्रदेशका आयोगको संयुक्त वैटकमा उक्त निर्णय भएको छ ।
यसैगरी, संघियता कार्यान्वयनसँगै स्थापित प्रादेशिक सरकार संचालनमा सहयोग पु¥याउने हेतुले नीति तथा योजना आयोग गठन गरिएको भए पनि हालसम्म ऐन बनाउान नसकिएको विषयमा छलफल गरिएको थियो । सातै प्रदेशमध्ये मधेशले मात्र आफ्नै ऐन बनाएर आयोग गठन गरेको छ । बाँकी छ प्रदेशले भने गठन आदेश अनुसार आयोग गठन गरेका हुन् । संविधानले आयोग ऐन अनुसार नै गठन हुनुपर्ने व्यवस्था गरेको छ ।
वैठकले गरेका निर्णयहरु जस्ताकोतस्तै :

गण्डकी प्रदेशको राजधानी पोखरामा मुलुकका सात वटै प्रदेशका नीति तथा योजना आयोगका पदाधिकारीहरुको संयुक्त बैठकमा देहायबमोजिमका विषयमा सहमति तथा निर्णय गरियो ।
१. प्रदेश नीति तथा योजना आयोगको संस्थागत विकास दिगोपना र यसको प्रभावकारिता वृद्धिका लागि यसको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था ऐन ल्याउन प्रदेश सरकारसँग अनुरोध गर्ने २ संगठन संरचना र जनशक्ति व्यवस्थापनमा रहेका कमजोरीका कारण नीति तथा योजना आयोगहरुले
प्रदेशवासीको चाहना तथा प्रदेश सरकारको आवश्यकता बमोजिमका कार्य सम्पादनमा समस्या देखिएकाले
विद्यमान संगठन संरचना र जनशक्ति व्यवस्थामा पोखरा बैठकमा पारित मस्यौदा भएको संगठन तथा
व्यवस्थापन सर्वेक्षण अनुसार परिमार्जन गर्न पहल गर्ने ।
३. नीति तथा योजना आयोगको संगठन संरचना प्रदेश सरकारले स्वीकृत गरे तापनि सङ्घीय कानुनमा समावेश नभएकाले समन्वय गर्न कठिनाई भएकोल त्यसलाई सङ्घीय कानुनमा समावेश गर्न पहलकदमी लिन प्रदेश सरकार र राष्ट्रिय योजना आयोग मार्फत केन्द्र सरकारलाई अनुरोध गर्ने ।
४. प्रदेश सरकारबाट स्वीकृत नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी तेरिज राष्ट्रिय किताबखाना निजामती मा संगठन संरचना तथा पद दता गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गतः ।
५. प्रदेशमा तथ्याङ्क सहजताका साथ उपलब्ध नहुनुका साथै उपलब्ध तथ्याको विश्वसनियता समेत
कम भएकाले नीति निर्माण तथा योजना तर्जुमामा समस्या परेकाले प्रदेश तथ्यांक पेन तजुमा र जारी गर्न
प्रदेश सरकारसँग अनुरोध गर्ने ।
६ योजनाको पहिचान, छनौट कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कनमा देखिएका समस्यालाई सम्बोधन गर्नका लागि समान प्रक्रिया सहितको आयोजना बैडक दिग्दर्शनलाई प्रभावकारिताकासाथ कार्यान्वयनमा ल्याउने । आगामी आर्थिक वर्षदेखि आयोजना वैकमा प्रविष्टि भएका योजना मात्र कार्यान्वयनमा लैजान चालु आर्थिक वर्षमा योजना सङ्कलन गर्ने कार्यलाई तिव्रता दिने ।
७ नीति तथा योजना आयोगको एक महत्वपूर्ण जिम्मेवारी आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन समेत भएको तथ्यलाई आत्मसात गरी अनुगमन तथा मूल्याङ्कन दिग्दर्शनका सम्बन्धमा यस बैठकले विकास गरेको साझा दस्तावेजलाई सबै नीति तथा योजना आयोगले कायान्वयनमा लैजाने ।
८. प्रदेश नीति तथा योजना आयोगहरुलाई राष्ट्रिय योजना आयोगबाट प्राप्त हुँदै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै प्रदेश नीति तथा योजना आयोगहरुको संस्थागत विकासमा थप योगदान प्रदान गर्नका लागि अनुरोध गर्ने ।
९. राष्ट्रिय योजना आयोगको नियमित बैठकमा प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूहरुलाई पनि सहभागी गराउने जस्ले गर्दा संघ र प्रदेशको सम्बन्ध, सदभाव एवं समन्वयमा थप टेवा पुग्नेछ ।
१०. जनताको जीवनस्तरमा सुधार गर्न सहयोग पुग्ने महत्वपूर्ण कार्यक्रम आयोजनाहरु कार्यान्वयनमा प्रदेशहरु बीचमा सहकार्य अत्यन्त आवश्यक भएकाले नीति तथा योजना आयोगहरूले त्यस्ता कार्यक्रम आयोजना पहिचान गरी कार्यान्वयनमा लैजान प्रदेशहरु बीच सहकार्य गराउन प्रयत्न गर्ने ।
११ नीति तथा योजना आयोगहरुको संयुक्त बैठकबाट विकासका अनुभवहरुको आदानप्रदान हुनका साथ आपसी हितका विषयमा सहकार्यको मार्ग समेत फराकिलो हुने हुँदा यस्ता बैठकलाई निरन्तरता दिद आगामी बैठक प्रदेश १ मा आयोजना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *