सिक्स एएमले मनायो तिज वृद्ध तथा बाल आश्रममा

पोखरा महानगरपालिका–२७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएर तिज मनाएको छ ।
पोखरा–१० मिलनटोलमा विगत १० वर्ष अगाडीबाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स एएम क्लवले हिन्दु नारीको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
खेलकुदका सँगसगै सामाजिक कार्यमा समेत यूवाको भुमिका महत्वपूर्ण हुने साथै यूवामा पनि वृद्धप्रति सकारात्मक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *