ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

Share this post :

Facebook
Twitter
WhatsApp

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गरिन् ।
विकास साझेदार मुलुकहरूको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौषम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताएकी छन् ।
नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै उनले उल्लेख्यमात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएकोप्रति खुशी व्यक्त गरिन् । सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशमा मौषसजन्य प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उनले स्लोभाकमा उत्पादन भएका राडार, पूर्वानुमानका पूर्वाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए । भेटमा सहसचिवद्वय बाबुराम भण्डारी, चिरन्जीबि चटौतसहित परराष्ट्रका अधिकारीको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *