कास्की १ ‘ख’ कांग्रेसमा २ दर्जनभन्दा बढी आकांक्षी

Share this post :

Facebook
Twitter
WhatsApp

आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् ।
उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ७ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि २२ जना इच्छुक देखिएको नेपाली कांग्रेस कास्की १ ‘ख’ समिति सचिव कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *