लागूऔषधसहित चार जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

लागूऔषधसहित कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर–१९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, कास्कीको अन्नपूर्ण गापा–११ घर भई पोखरा महानगर–१६ बस्ने २९ वर्षिय मिलन गुरुङ र सोही ठाउँ बस्ने ४० वर्षिय सन्तोष गुरुङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ७० एम्पुल नुर्फिन, ७० एम्पुल डाईजापाम र ७० एम्पुल फेनरागन गरी २१० एम्पुल लागूऔषध बरामद गरेको छ । पोखरा महानगर–३० पावरहाउस चोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा सोमबार पोखरातर्फ आउँदै गरेको बसमार सवार उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । यस्तैगरी, गोरखाको भिनसेन थापा गापा–३ घर भई चितवन रत्ननगर नपा–१३ माधवपुर बस्ने २५ वर्षि समिर कोइराला पनि पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट नुर्फीन एक सय एम्पुल, डाईजापाम एक सय एम्पुल र फेनरागन एक सय एम्पुल गरी ३ सय एम्पुल लागूऔषध बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कास्कीमा मंगलबार लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि १० दिनको म्याद थप गरिएको छ । कोइराला पनि सोमबार नै चेकजाँचको क्रममा पावरहाउसस्थित पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *