मुख्यमन्त्री र पाकिस्तानी राजदूत भेट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहले शुक्रबार भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध पुरानो रहेको भन्दै शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा सहकार्य अझै बढाएर लैजान सकिने बताए ।
पाकिस्तानमा हालै गएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसबाट आम नागरिकमा पर्न गएको कठिनाईकाप्रति मुख्यमन्त्रीले दुख व्यक्त गरेका छन् । नेपाल र पाकिस्तानबीचको गौरवपूर्ण सम्बन्धले ६ दशक पार गरिसकेको छ । दुई मुलुकबीचको असल मित्रवत सम्बन्धका अलवा हाम्रा सम्बन्ध जनस्तरसम्म फैलिएको मुख्यमन्त्रीले बताए ।
नेपालले १९६२ मा आवासीय दुतावास इश्लामावादमा स्थापना गर्नुका अतिरिक्त १९७५ मा कराचीमा कन्सुलेट स्थापना गरेको हो । दुई देश बीचका पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा हुँदै आएका समन्वय र सहकार्य सम्झन लायक रहेको उनको भनाइ थियो ।
नेपाल र पाकिस्तानबीच आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजवुद रहेको मुख्यमन्त्री पोखरेलले बताए । सन् १९८३ मा अर्थमन्त्रीले नेतृत्व गर्ने गरी ज्वाइन्ट इकोनोमिक कमिसन गठन भई आर्थिक उन्नयनका क्षेत्रमा काम हुँदै आएको उनले उल्लेख गरे ।
उक्त भेटमा पाकिस्तानी राजदूत शैयद हैदर शाहले २ वर्षको नेपाल बसाइमा पोखराको भ्रमण पहिलो रहेको भन्दै यहाँको सुन्दरताबाट आफू प्रभावित भएको बताए । धेरै नेपाली विद्यार्थी पाकिस्तानमा अध्ययनरत रहेको स्मरण गर्दै उनले शिक्षा, स्वास्थ्य र पर्यटन लगायत क्षेत्रमा दुई देशबीच सहकार्य अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनले नेपाल र पाकिस्तान जस्ता देशमा निकै असर परेको भन्दै यसको समस्या समाधानका लागि समेत सहकार्य जरुरी रहेको भनाइ राखे । हालै आएको बाढीले पाकिस्तानका धेरै पर्यटकीय क्षेत्रमा क्षति पु¥याएको उनको भनाइ थियो । पर्यटकीय संरचना निर्माण गर्दा समेत सुरक्षामा विशेष ख्याल गर्नुपर्ने राजदूत शैयदले बताए ।
पर्यटन प्रवद्र्धनतर्फ नेपाल र पाकिस्तानकाबीच सन् २००९ मा पर्यटन सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसले पर्यटन प्रवद्र्धनमा मद्धत गरेको मुख्यमन्त्रीले बताए । दुबै देशले वित्तीय क्षेत्र, कृषि तथा पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सञ्चार, सूचना प्रविधि र नागरिक उड्यनका क्षेत्रमा सहकार्य गर्दै आएका छन् । पाकिस्तानले नेपालमा टेक्सटायल, होटल, बंैकिङ र उद्योग क्षेत्रमा लगानी गर्दै आएको छ ।
नेपालले पाकिस्तानतर्फ छाला, गम, टार्पेन्ताइन तेल, आँखाको लेन्स, टेक्सटायल, औषधीतथा सर्जिकल उपकरण निर्यात गर्ने गर्दछ । नेपालले पाकिस्तानबाट फलफूल, बदाम, अदुवा, स्याफ्रन, बेसार लगायतका वस्तु आयात गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *