‘शिक्षा क्षेत्रमा सुधार गर्ने समय घर्किन लाग्यो’

Share this post :

Facebook
Twitter
WhatsApp

हालै सार्वजानिक भएको कक्षा १२ को परीक्षाफल सन्तोषजनक देखिएन् । सार्वजानिक नजिता हेर्दा ५२ प्रतिशत परीक्षार्थी अनुर्तिण भएका छन् । परीक्षाफल सार्वजानिक भएपछि यतिबेला सवैतर्फ शिक्षाको गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ । सरकारले गरेको शिक्षाको लगानीप्रति जनताले आवाज उठाउन थालेका छन् । तर, शिक्षाको गुणस्तर कसरी बढाउने ? शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार के के हुन् ? सुधार गर्ने समय घर्किन लागेको शिक्षाविद् बताउँछन् । सीटीईभीटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले शिक्षा क्षेत्रमा सुधार गर्ने समय घर्किन लागेको संज्ञा दिएका छन् ।
‘कक्षा १२ को नतिजामा ५२ प्रतिशत अनुर्तिण हुनु लाज लाग्दो कुरा हो’ उनले भनेका छन्, ‘एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर रहयो । प्राविधिक शिक्षामा उर्तिण दर ज्यादै नाजुक छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शैक्षिक क्षेत्रको अवस्था क्रमश नाजुक बन्दै गएको बताएका छन् । ‘हामी भने आ–आफ्नो डम्फु बजाउन व्यस्त छौ’ उनले थपे, ‘शिक्षाको गुणस्तर सुधार गर्ने काममा सवै सरोकारवालाबीच बलियो र भरपर्दो सहकार्य अहिलेको आवश्यकता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *