एमालेका नेता आत्मकेन्द्रित भएकाले माओवादीमै फर्केँः टंक खनाल

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेमा स्थानीय देखि केन्द्रीय तह सम्मका धेरै नेताहरु आत्मकेन्द्रित भएका कारण आफु नेकपा माओवादीमा फर्केको नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति सदस्य टंक खनालले बताएका छन् ।
नेकपा माओवादी केन्द्र गल्याङ नगर समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।
पुनः पार्टी एकता हुन्छ भन्ने अपेक्षा सहित आफु केही साथीहरु संगै एमालेमा समाहित भएको तर एमालेमा धेरै जसो नेतामा बालहठ, आत्मकेन्द्रित प्रबृत्ति, कम्युनिष्ट दर्शनको अभाव भएको बुझेकाले आफु माओवादीमै फर्किएको बताए ।
उनले केपी ओलीको व्यक्तिबादी सोँच र एकल निर्णयका कारण एमालेमा रहेका पूर्व माओवादीको ठुलो समुह घर फिर्तिको तयारी गरेको खुलासा समेत गरेका छन् ।
त्यस्तै खनालले माओवादी बाहेकका साना ठुला दल फोहोर पानी भएको संज्ञा दिएका छन् ।
‘कांग्रेस एमाले फोहोर पानी हुन, मोवादी केन्द्र औँषधी हौँ, हामी जहाँ जान्छौँ त्यसलाई मज्बुत बनाउँछौ ।’ उनले भने, माओवादी क्वालिटी हो, माओवादी बाहेकका दल क्वान्टीटी मात्र हो ।’
खनालले कांग्रेस एमालले भित्र ठुलो अन्तर विरोध र कलह भएकाले ती पार्टीको भविष्य नभएको दाबी गरे ।
खनालले माओवादीको विचार, सिद्धान्त र आदर्श जनपक्षीय भएकाले केही मेहनत बढाएर तीनै तहका सरकारको नेतृत्व गर्न सक्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *