प्रदेश समानुपातिकका लागि मतपत्र छपाइ सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेशसभा समानुपातिकको लागि निर्वाचन आयोगले मतपद छाप्ने काम शुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिए । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको वैठकमा उनले मंसीर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका हुन् ।
समितिले प्रदेशसभा र प्रतिनिधिसभामा महिला प्रतिनिधित्वको समानुपातिक सुनिश्चितता, समावेशी सुनिश्चितता, निर्वाचनको मितव्ययिता, आचारसंहिताको कार्यान्वयन र निर्वाचन पर्यवेक्षणका साथै निर्वाचनको तयारीबारेमा आयोग र राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *