प्रदेश खेलकुद परिषद गण्डकीमा ९ जना सल्लाहकार मनोनयन

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३ को ज बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ ।  गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जनाए ।
परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्गबहादुर रानाभाट (कास्की), गणेशबहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्रबहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की), दिनेश श्रेष्ठ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।
मनोनयनमा पर्ने रानाभाट राखेपका पूर्व वोर्ड सदस्य हुन भने भट्टराई बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसंगै पर्यटन व्यवसायीसमेत हुन् । त्यसैगरी शेरचन नेपाल लोकतन्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष हुन् । मनोनयनमा परेका गोरखाका गुरुङ मेटिभेटरसंगै नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक हुन् । बागलुङका श्रेष्ठले यसअघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्षसंगै राखेपको वोर्ड सदस्यसमेत रहेर नेतृत्व गरिसकेका छन् भने कास्कीका गुरुङ क्षेत्रिय खेलकुदको पूर्वउपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *