आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र कास्कीले ४५ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको माओवादी केन्द्र कास्कीको वैठकले ४५ जनाको नाम सिफारिस गरेको सोमबार सार्वजानिक गरेको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य सुमन देवकोटाले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ १० जना रहेका छन् । यस्तै, संघिय निर्वाचनको लागि १० जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । संघमा ५ र प्रदेशसभामा ५ जना समानुपातिकतर्फ सिफारिस भएको पार्टी सचिवालयले जनाएको छ ।
कास्की क्षेत्र नम्बर १ (प्रतिनिधीसभा) मा प्रत्यक्षतर्फ यशोदा सुवेदी गुरुङ, राजकाजी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछाने सिफारिस भएका छन् । क्षेत्र नं. १ (क) (प्रदेशसभा) प्रत्यक्षतर्फ दिपक कोइराला, बिमला पहारी, विश्वप्रकाश लामिछाने, छविलाल लामिछाने र अमरदिप पराजुली रहेका छन् भने, क्षेत्र नं. १ (ख) (प्रदेशसभा) मा प्रत्यक्षतर्फ गायत्री गुरुङ, शरचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारी रहेका छन् । क्षेत्र नं. २ (प्रतिनिधीसभा) प्रत्यक्षतर्फ सुमन देवकोटा र गंगा पोखरेल सिफारिस भएका छन् ।
क्षेत्र नं. २ (क) (प्रदेशसभा) प्रत्यक्षतर्फ जनकराज पराजुली र भक्तबहादुर खत्री, क्षेत्र नं. २ (ख) (प्रदेशसभा) प्रत्यक्षतर्फ हरिनारायण गिरी, विनय थापा, रुद्र विश्वकर्मा र रामजी आचार्य रहेका छन् । यसैगरी, क्षेत्र नं. ३ (प्रतिनिधीसभा) प्रत्यक्षतर्फ रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ । क्षेत्र नं. ३ (क) (प्रदेशसभा) प्रत्यक्षतर्फ आसमान रोका, भोजराज पौडेल, सृजना त्रिपाठी, तीर्थ लुइटेल र टेकप्रसाद अधिकारी सिफारिस भएका छन् भने, क्षेत्र नं. ३ (ख) (प्रदेशसभा) प्रत्यक्षतर्फ दुर्गादत्त भण्डारी, त्रिभुवन पौडेल, अग्नि क“डेल, गोविन्दप्रसाद अधिकारी र हरिप्रसाद भण्डारी रहेका छन् ।
यस्तै पार्टी सचिवालयले प्रतिनिधिसभा समानुपातिकतर्फ बखन सिङ गुरुङ, सोमती गुरुङ, राजकुमार दुलाल, जुवेदा खातुन र अनिता भुर्त्याल सिफारिस गरेको छ भने, प्रदेशसभातर्फ समानुपातिकमा अलिसा आले, जगमाया सुनार, विशेश्वर आचार्य, सन्तबहादुर भुजेल र गोमा ढकालको नाम सिफारिस गरेको छ । पार्टीले वाहालवाला मन्त्री, सांसद, पूर्व सांसद बढी सिफारिस भएका छन् । युवाहरुलाई प्राथमिकता दिदै उम्मेदवारको लागि नाम सिफारिस गरेको कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।
