नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन् ।
नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने उनले बताए । ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ, त्यो आन्दोलनको रुपमा तयारी हुँदै गएको छ’ उनले भने, ‘तर दुर्भाग्य त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु, व्यक्तिवादी त्रसित हुँदै गएका छन् ।’
उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी साँच्चै एकतावद्ध भएर जाने संकल्प गर्दै पार्टीले क्रान्तिकारी चरित्र लिएर अघि बढ्ने बताए । ‘समाजवादी आन्दोलनको नेतृत्व प्रचण्डकै हुने भएपछि दक्षिणपंथीहरु अतालिएको उनको भनाई थियो । माओवादी केन्द्रको नेतृत्व स्थापित हुने भयो भनेपछि ठूलो षडयन्त्र सुरु भएको प्रचण्डको भनाई छ ।
उनले भने, ‘म त्यो स्मरण गर्न चाहन्छु । म सबैलाई ति कुरातिर ध्यान दिन आग्रह गर्न चाहन्छु । र पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन, त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षडयन्त्रको रुप दिइयो । र त्यो षडयन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूल–ठूला सेटिङहरु भए ।’
उनले बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने संवैधानिक अंगहरुसँग सेटिङ भएको बताए । ‘‘दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा, त्यो तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुद्धृटहुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । तर, दक्षिणपंथीहरुको डिजाइनमा विभाजन भयो । त्यो कम्युनिस्ट आन्दोलनको ठूलो क्षति थियो· उनले भने ।
उनले एमालेका ति हिजोका केन्द्रीय समितिका सदस्यलाई स्रण गर्न चाहे । उनका अनुसार ति हजारौं कार्यकर्ता म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिए । एमाले पृष्टभूमिका नेता–कार्यकर्ताहले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो । म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने वित्तिकै सबै खतम छन् भनेर नसोच्न त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् ।