गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सम्पन्न भएको छ । प्रदेशसभा सदस्यले आफ्नो कार्यकाल आरोप–प्रत्यारोपमा नै वितेको बताएका छन् । काँग्रेसका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले ५ वर्षसम्म सोचे जस्तो काम गर्न नसकिएको बताए । ‘साढे ३ वर्ष प्रतिपक्षमै बसेर काम गरियो’ उनले भने, ‘सरकारमा नभएपछि सोचेअनुसार काम हुने कुरै भएन । त्यसपछिका डेढ वर्ष सरकारमा त गइयो तर, हामीबीचकै साथीहरु एक–आपसमा आरोप–प्रत्यारोप गर्न थाल्नुभयो । आपसी मनमुटाव कामको तगारो बन्यो ।’
उनले आफ्ना अधुरा काम पुरा गर्नको लागि पुनः प्रदेशसभा सदस्यको उम्मेदवार हुने बताउदै भने, ‘मेरो क्षेत्रमा कामै नभएको भन्ने होइन । धेरै काम भएका छन् । यति मात्र हो की लक्ष्य अनुसार गर्न चाँहि सकिएन ।’ प्रदेशसभा सदस्यको ५ वर्षे (पहिलो) कार्यकाल शनिवार राती १२ बजेबाट सकिएको हो । संघियता कार्यान्वयनसँगै स्थापित भएको प्रदेश संरचना भएकाले पहिलो कार्यकाल सिकाईमै वितेको पूर्व सांसदको भनाई छ । भन्छन, ‘सपना ठूलो देखेछौ धरै अधुरा रहे ।’ आफ्नो कार्यकाल सकिएपछि अधिकाशं पूर्व सांसद सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस राख्दै आफ्नो निर्वाचन क्षेत्र र मतदातालाई धन्यवाद दिएका छन् । सिकाईका वावजुद पनि पहिलो कार्यकाल सन्तोषजनक रहेको उनीहरुको भनाई छ । ‘संरचना स्थापना गर्दै, ऐन कानुन बनाउँदै काम गर्न निकै चुनौति थियो’ उनीहरुले भनेका छन् ।
सुरुका वर्ष कानुन निर्माणमा नै वितेको पूर्व सांसद भागवतप्रकाश मल्लले बताए । स्याङ्जा क्षेत्र नम्बर २ को ख वाट गण्डकी प्रदेशसभामा सहभागी हुदै गर्दा यहाँका जनताका समस्या संसदमा बोल्न पाएको र सरकारको तर्फवाट थोरधेर मलम लगाउन सकिएको बताए । ‘मेरो निर्वाचन क्षेत्र जिल्लाकै पश्चिम अर्थात दुर्गम जस्तो हो’ उनले भने, ‘प्रदेशसभा हुनाले नै यहाँका जनताका आवाज छिटो सुनियो । थोरैधेरै सम्बोधन भए । तर, धेरै काम बाँकी नै छ । ठाउँमै दुर्गम भएकाले सोचे अनुसार काम हुन सकेन ।’ उनले जनताका दुखमा ५ वर्षसम्म नजिक बसेर काम गर्दा आफूलाई पनि जिम्मेवारी महशुस भएको बताएका छन् । ५ वर्षसम्म लगातार संसदमा आफ्ना क्षेत्रका समस्याबारे बोल्न पाउँदा अधिकाशं सांसद खुशी व्यक्त गर्छन् । प्रदेश सरकार भएकै कारण जनताले विकासमा पनि नजिकवाट नियाल्न पाएको उनीहरुको भनाई छ । भन्छन, ‘जनताको समस्या चा“डै नै सम्बोधन हुन्थे ।’
एमालेवाट प्रतिनिधित्व गर्दै प्रदेशसभा सदस्य भएका धनन्जय दवाडीले आफूहरु संस्थापक सांसद भएकाले पनि आगामी दिनमा आउने सांसदको लागि सिकाई हुने गरि धेरै काम गरेर छाडिएको बताए । उनले संरचना स्थापनासँगै कार्यान्वयन चरण निकै चुनौति भए पनि अवसरको रुपमा लिएको उनले बताए । ‘आफ्नो क्षमता अनुसार प्रदेशसभामा सांसदमो भूमिका निभाए’ दवाडी भन्छन, ‘सिमित स्रोत साधनका बावजुद पनि विकास निर्माणको भूमिकामा खेलेको भुमिका सवैलाई अवगत छ । विशेषतः मेरो मतदाताले बुझ्नुभएकै छ । हाम्रो कार्यकालमा भएका काम संघियताकै प्रतिविम्बको रुपमा रहनेछन् । ठूला उपलब्धी हुन नसके पनि हामीले गरेका काम सम्झन या गर्व गर्न लायक छन् ।’ उनले आफ्नो ५ वर्षे कार्यकाल सफल रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले सांसद भएर नयाँ अनुभव बटुल्न पाएको बताए । उनी उपनिर्वाचनबाट प्रदेशसभा सदस्य भएका थिए । ‘म सांसद भएपछि राष्ट्रिय राजनीति उथलपुथल बन्यो’ उनले भने, ‘संसद विघटन, सरकार परिवर्तन, गठबन्धनका नयाँ सरकार धेरै बुझ्ने र सिक्ने अवसर पनि पाए । तर, समय छोटो त्यसैमाथि सरकार उथलपुथलले गर्दा सोचे अनुसार काम हुन सकेन् ।’ उनले देखिने गरि काम गर्न नसकिएको बताए । राजमोले सरकारलाई साथ दिएको थियो । गठबन्धन भित्र भए पनि ठूलो दुई पार्टीका मन्त्रीको द्धन्द्धले आफूले विकास निर्माणमा राम्रोसँग अनुभव लिन नपाएको गुनासो उनको छ । ‘मन्त्रीहरुको द्धन्द्ध असर सांसदलाई पर्यो’ उनले भने, ‘नेतृत्व तहले नबुझ्दा समस्या भएको हो ।’
समानुपातिकबाट प्रतिनिधित्व गरेकी पूर्व सांसद दिपा रोका मगरले पनि जनताले प्रदेशलाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन् । ‘प्रदेश सरकार जनतास“ग बढी ठोकियो’ उनले भनिन, ‘म सांसद भइरहदा पनि आफ्नो निर्वाचन क्षेत्रवाट कहिलै टाढा भइन । दुखसुख जनतासँगै रहे । यहाँका दुख संसदमा लगेर पोखे । जतिसक्दो सम्बोधन गरेकी छु ।’ आफू सांसद भइरहदा आफ्नो ठाउँमा विकासका योजना पार्न सफल भएको उनी बताउ“छिन् । ‘५ वर्ष सांसद भएर पार्टी र जनताको विश्वास तोडिन’ उनले भनिन् । राष्ट्रिय राजनीति, सरकार फेरबदल जे जसो भए पनि आफू नियमितरुपमा जनताकै काममा व्यस्त रहेको उनले बताइन् । सरकारमा रहदा“ सरकारकै पक्ष र बाहिर रहदा विपक्षमा बोल्नुपर्छ भन्ने भावनाले आफूलाई कहिलै नछोएको बताउदै उनी भन्छिन, ‘माओवादी दुई पटक नै सरकारमा रहयो । र, पनि गलत कुराको समर्थन भने गरिएन् । सांसद भइरहदा जनताको पक्षबाट बोल्न र आवाज उठाउने हिम्मत गरे । जति सके त्यति गरे ।’
उनले समानुपातिक सांसद भइरहदा सरकार र प्रत्यक्ष निर्वाचित सांसदवाट भने हेपिएको महशुस गरेकी छन् । सभामुख नेत्रनाथ अधिकारी ५ वर्षको अन्तरालमा आगामी पुस्ताले सम्झन लायक हुने गरि काम गरिएको दावी गरे । ‘ऐन कानुन निर्माण र कार्यान्वयन नै मुख्य उपलब्धी रहयो’ अधिकारीले भने, ‘सांसद भएको छोटो समयमा प्रदेशको नाम र राजधानी तय गर्न पनि सफल भर्यौ । सरकारले ल्याएका विधेयक सहमति र सर्वसम्मत पारित गरेका छौ । यही नै हाम्रा उपलब्धी हुन् ।’ उनले सरकार परिवर्तन हुदा“ पर्ने असर, राष्ट्रिय राजनीतिको असरवाट पनि प्रदेश अछुतो नरहेको बताए । प्रदेशसभाको वैठकबाट पारित भएका विधेयकमध्ये जनप्रतिनिधिको सेवासुविधाको विधेयकबाटै सर्वोच्च अदालतबाट खारेज भए पनि अन्य विधेयक समय सापैक्ष र जनताको माग अनुसार आएको उनले बताएका छन् ।
