हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।