कास्की ३ मा पनि एमाले र माओवादीको बागी उम्मेदवार

Share this post :

Facebook
Twitter
WhatsApp

सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउ“सो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की क्षेत्र नम्बर तीनमा पा“च दलिय गठबन्धनको तर्फवाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार हुन् । पार्टीले सम्बोधन नगरेको भन्दै उनले उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै एमालेका जगन्नाथ बास्तोलाले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की तीनमा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीले विहान ११ बजे उम्मेदवारी दर्ता गरेपछि बास्तोलाले दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी, माओवादीका बरालले पनि ४ बजे उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *