स्याङ्जामा गठबन्धनबीच असन्तुष्टि बढ्दै गएपछि गठबन्धनबाटै आज दोहोरो उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलका शिर्ष नेताले सिट बाँडफाँट टुङग्याए पनि जिल्लामा भने प्रदेशका दुई निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार दर्ता गए । शुक्रबार बेलुकासम्म सिट बाडँफाँट गर्दा जिल्लाका दुवै प्रतिनिधिसभा काँग्रेसलाई राखिएको थियो भने, एकको क मा माओवादी र ख मा काँग्रेस, २ को क मा समाजवादी र ख मा काँग्रेसलाई दिइएको थियो । तर, जिल्लामा काँग्रेसको असन्तुष्टिका कारण शनिवार बेलुका समाजवादीको सिट खोसिएको खबर प्राप्त भएको थियो । तर, आइतबार उम्मेदवारी दर्ता गर्ने क्रममा काँग्रेसबाट भोजराज अर्याल र नेकपा समाजवादीवाट रामचन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । यता, १ को क मा पनि काँग्रेसका मेखलाल श्रेष्ठ र माओवादी केन्द्रकी अमृता थापामगरले उम्मेदवारी दर्ता गराए । दुवै जनाले केन्द्रवाट टिकट ल्याएको प्रमाण देखाएका थिए । बामगठबन्धनबाट उम्मेदवारी दर्ता गर्न जाने क्रममा काँग्रेसका मेखलालले आफूले पनि टिकट ल्याएको प्रमाण देखाएपछि उम्मेदवारी दर्ता भएको काँग्रेस पुतलीबजार नगर सचिव महादेव श्रेष्ठले बताए । उनका अनुसार यस विषयमा सोमबार गठबन्धनको वैठक राखिएको छ । शेरवहादुर देउवा र पुष्पकमल दाहालसमक्ष यस विषयमा कुरा पुगिसकेकाले बाँकी निर्णय केन्द्रवाट नै हुने उनले बताएका छन् ।
