सत्ता गठबन्धन विरुद्ध कास्की २ मा कांग्रेसको बागी उम्मेदवारी

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेकपा एसलाई छाडिदिएपछि कांग्रेस नेता महादेव गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेकपा एसको तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको उक्त निर्णय विरुद्ध असन्तुष्ट जनाउँदै नेता गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
‘जुन सिद्धान्त, आदर्श र मूल्य मान्यताको लागि आफूले राजनीति, सघंर्ष गरेको र जेलनेल पनि भोगेँ तर अहिले सिद्धान्त र आदर्शको राजनीति खतरामा परेको र मुलुक पनि संकटमा परेकोले त्यसलाइ जोगाउन उम्मेदवारी दर्ता गराएको हुँ,’ उनले भने । आफू कांग्रेस भएको तर कांग्रेसले भोट हाल्ने ठाउँ पनि नभएको उनले बताएका छन् । उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *