आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर दुई वाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसीर ४ मा हुने निर्वाचनको लागि उनले उम्मेदवारी दिएका हुन् । सोही क्षेत्रको प्रदेश (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ यहाँ नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गरेका छन् । गोरखाको दुई प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादी र कांग्रेसले एक÷एक क्षेत्र बाँडेर उम्मेदवारी दर्ता गरेका हुन् । क्षेत्र नम्बर १ मा भने कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश सभा (क) मा माओवादीका कृष्ण धिताल र (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
