अपाङ्ग बालबालिकालाई ह्रवीलचियर र खाद्यान्न सहयोग

Share this post :

Facebook
Twitter
WhatsApp

‘अपाङ्ग छोराछोरीकी साहारा एकल आमा’ असोज ६ मा प्रतिपत्र डटकम अनलाईनमा प्रकाशित समाचार अनुसार जागृति बाल तथा युवा सरोकार नेपालले अपाङ्ग बच्चाको लागि ह्रवीलचियर सहयोग गरेको छ । यस्तै, ५ हजार बराबरको खाद्यान्न पनि सहयोग गरेको हो । प्रतिपत्र अनलाइनको समाचारको आधारमा संस्थाका तिलोत्तम पौडेलमार्फत सहयोग गरिएको हो ।
संस्थाको सहयोगमा प्रतिपत्र अनलाइनकर्मी तथा स्थानीय नेताको उपस्थितिमा शुक्रबार ह्रवीलचियर र खाद्यान्न हस्तान्तरण गरिएको हो । तीन छोराछोरी मध्ये दुई छोराछोरी अपाङ्ग रहेको बताउँदै ३१ वर्षिया पुजा विकले सहयोग पाउँदा खुशी व्यक्त गरिन् । पुजाका १२ वर्षिया छोरी ७ र ६ वर्षिय दुई छोरा छन् । छोरी र ठूलो छोरा शारीरिकरुपमा अशक्त छन् । कान्छो छोरा भने शारीरिक र मानसिक रुपमा ठीक छ । ७ वर्षिय छोरा अञ्जान भने कान सुन्छन् । प्रष्ट बोल्न सक्छन् । तर, १२ वर्षिया छोरी कृशला भने सुन्न र बोल्नसमेत सक्दिनन् । अञ्जान ह्वीलचियरमार्फत हिडडुल गर्छन् ।

कृशला खुट्टा घिसार्दै लठ्ठी या आमाको साहाराले घरभित्र बाहिर गर्छिन् । संस्थाले अञ्जानको लागि ह्रवीलचियर दिएको हो । ‘ह्रवीलचियर आवश्यक थियो’ पुजा भन्छिन, ‘किन्ने पैसा दिएन । सवैले म दिन्छु म सहयोग गर्छु भने तर, कसैले दिएनन् ।’ उनले गहभरी आँसु गर्दै दुई अपांग सन्तानको स्यारमा नै आफ्नो दैनिकी वितेको बताइन् । आर्थिक अवस्था कमजोर र पढ्न पठाउने पाठशालासमेत कहाँ छ भन्ने जानकारी नपाएको पुजा बताउँछिन् ।
उनको घर कास्कीको रुपा गाउँपालिका–६ भीरचोक हो । २०६४ सालमा आगलागी हुदाँ उनको घर, गोठ जलेर नष्ट भएको थियो । त्यसपछि उनको परिवार पोखरा झरेको हो । अहिले उनी पोखरा महानगरपालिका–६ जरेवर बस्छिन् । ३ वर्षअघि ब्रेन ट्युमरका कारण श्रीमान ईश्वरको मृत्यु भएपछि तीन छोराछोरीको लालनपालन उनी एक्लै गर्दै आएकी छन् । ‘कान्छो छोरालाई इन्द्रेणी नामको संस्थाले लगेको छ’ उनले भनिन, ‘उत्तै बस्छ । उत्तै पढ्छ । उसको त चिन्ता छैन मलाई ।’ जन्मजात नै अपांग भएका छोराछोरीलाई पढाउन र लालनपालनको लागि अहिले उनी सहयोगीको खोजीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *