निकै ज्वरो आएपछि १५ महिनाको छोरा लिएर गण्डकी अस्पताल पुगेका चेपाङ दम्पतिले छोराको उपचार गराउन पाएनन् । अस्पतालमा विरामीको चाप उस्तै, उनीहरुले मंगलबार विहानदेखी लाइन बसे । तर, उपचारको पालो पाएनन् । बच्चालाई ज्वरो आइरहेको थियो । बाबु अशोक र आमा सलिना छट्पटि रहे पनि उपचारमा पहुँच पु¥याउन सकेनन् ।
छोरा मयूरको अवस्था नाजुक हुदैँ गएपछि उपचार खर्च नहुदाँ विरामी बच्चालाई नीजि अस्पताल लैजाने नसक्ने चेपाङ दम्पतिको साहारा पोखराको चरक मेमोरियल अस्पताल बन्यो । अस्पतालका बाल रोग बिशेषज्ञ किरण शर्माले उनको उपचार गरे । विरामी बच्चको खुट्टामा घाउ र गिर्खासमेत आएको डाक्टर शर्माले बताए । ‘खुट्टामा घाउ भएपछि गिर्खा आएको रहेछ’ उनले भने, ‘किटाणुवाट इन्फेक्सन भएपछि ज्वरो आएछ ।’ उनले बालिकालाई १०५ डिग्रिको ज्वरो आएको बताए ।
नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले आफन्त विरामीलाई लिएर उपचारको लागि गण्डकी अस्पताल पुगेका थिए । उनले उचारको क्रममा उपचार नपाएर छट्पटिएका बच्चको दृश्य देखे । समाजसेवाको भावना लिएर पत्रकार पौडेलले अन्यत्रै भए पनि उपचार गराउन पहल गरे । पौडेलले बच्चाको उपचारका लागि चरक अस्पतालका प्रवन्धक निर्देशक कपिल पोखरेलसँग अनुरोध गरे र उपचारको लागि आफैले अस्पतालसम्म पु¥याए । चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरलले बच्चाको सम्पुर्ण उपचार अस्पतालले निःशुल्क गर्ने वताएका छन् । ‘लोपन्मुख चेपांग समुदायको बच्चाको उपचार गर्न पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो ।’ उनले भने ।
यस्तै, चेपाङ दम्पतिको परिवारलाई पोखरा महेन्द्रपुल निवासी प्रमोद लामिछानेले घरमा नै लगेर लालनपालन गर्ने बताएका छन् । चरक अस्पतालले भने, बालिकाको लागि जिवनभर निःशुल्क उपचार गर्ने बताएको छ । चितवनको शक्तिखोर माथीको चेपागं बस्ती चेपाङ दम्पति केही महिनाअघि कामको खोजीमा पोखरा आएका थिए । तर, उनीहरुले धेरै काम खोजे तर, कहिकत्तै पाएनन् । अव उनीहरुको सवै जिम्मेवारी लामिछानेले लिने भएको पौडेलले बताए ।
