नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका खेलाडीको खसेर मृत्यु भएको छ । आइतबार विहान ११ बजेर ३० मिनेट जादाँ पोखरा महानगर–१८ सराङकोटबाट टेक अफ गरेको ५ मिनेटमा ग्लाइडर नियन्त्रण बाहिर गएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
प्याराग्लाइडिङ चरिहेको अवस्थामा व्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिवाट खसेको थियो । नेपाल त्रिभुवन आर्मी क्लवको तर्फबाट भाग लिएका खेलाडी पोखरा महानगरपालिका–१० अस्पताल चोकका २६ वर्षिय निसिम थापालाई उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा १२ बजेर ४५ मिनेट जादाँ चिकित्सकले थापालाई मृत्त घोषण गरेको कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
Post Views: 31