नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मंगलबार भइरहेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ । खोखो समूह चरणको तेस्रो दिन बिहान महिला टिमबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो खेल सुदूरपश्चिम र मधेश प्रदेशबीच, दोस्रो खेल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच, तेस्रो खेल आर्मी र बागमती प्रदेश, चौंथो खेल प्रदेश १ र गण्डकी प्रदेश तथा अन्तिम खेल नेपाल आर्मी र मधेश प्रदेशबीच हुनेछ ।
त्यस्तै, समूह चरणको अन्तिम खेल अन्तर्गत मंगलबार साँझ पुरुष टोलीबीच स्पर्धा हुनेछ । जसमा पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश, तेस्रो खेल प्रदेश १ र मधेस प्रदेश तथा अन्तिम खेल कर्णाली प्रदेश र बागमती प्रदेशबीच हुने खेल तालिका छ । राउन्ड रोबिन आधारमा खेलाइएको खेलमा २ विभागीय टिमसहित ९ टिमले सहभागिता जनाएका छन् । आइतबारबाट सुरु भएको खेल बुधबारबाट सेमिफाइनल खेल हुनेछन् भने कात्तिक ३ पदक छिनोफानो हुनेछ ।
