सुइखेतखोला नियन्त्रण गर्न मतदाताको माग

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–२५ हेमजाका मतदाताले सुइखेतखोलाको बाढी नियन्त्रणको लागि माग राखेका छन् । आज सत्तारुढ गठबन्धनका उम्मेदवार घरदैलो गर्ने क्रममा उनीहरुले मोटरेबलपुलसहित खोलाको दीगोरुपमा व्यवस्थापन गर्न माग राखेका थिए । उनीहरुले खोलामा आवतजावत गर्न समस्या भएको बताउँदै मोटरेबल पुल निर्माण गर्न र भित्री सडक पीच गर्नसमेत माग राखेका छन् ।
कास्की क्षेत्र नम्बर ३ का माओवादीका उम्मेदवार रामजीप्रसाद बरालको पहलमा सो ठाउँमा खानेपानीको दीगोरुपमा व्यवस्थापन भएको भन्दै मतदाताले प्रशसां समेत गरेका थिए । बराल गण्डकी प्रदेश सरकारका वाहालवाला अर्थमन्त्री समेत हुन् ।
हेमजामा गठबन्धनको सम्पर्क कार्यालयको शुक्रबार एक समारोहकाबिच उद्घाटन गर्दै बरालले जनताका समस्या समाधानको लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले जसरी पनि निर्वाचत जित्नुपर्ने बताए ।
आसन्न निर्वाचनमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रतिगमनबिरुद्ध भएकाले एक उम्मेदवार हार्दा प्रदेश र संघ सरकार गठन प्रकृयामा समेत असर पर्छ । जसले भोलिका दिनमा काम गर्न कठिन हुने भएकाले पनि गठबन्धनमा सबै उम्मेदवारको जित सुनिश्चित गर्न पाँच दलका नेता तथा कार्यकर्ता एक भई जुट्न उम्मेदवार बरालले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *