सडक निर्माणमा जोड गर्न घान्द्रुकबासीको माग

Share this post :

Facebook
Twitter
WhatsApp

पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल (जीवन) र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिषेश जोड दिन माग गरेका छन् । जनतासंगको भेटघाट कार्यक्रममा घान्द्रुक पुगेका उमेदवार समक्ष स्थानियले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिषेश ध्यान दिन आग्रह गरेका हुन् ।
गठबन्धनका उमेदवारले चुनाव जित्ने निश्चित भएको दाबी गर्दै उनीहरुले निर्वाचित भए पश्चात पनि जनताको घर दैलोमा निरन्तर रुपमा आउन स्थानियले आग्रहसमेत गरे । उमेदवारले सोमबार अन्नपूर्ण गाउँपालिकाको घाँन्द्रुक, झिनु, छोम्रुङ्ग लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहदा स्थानियले फुलमालाले स्वागत गर्दै गठबन्धनलाई जिताउने जनाए । स्वास्थ्यको समेत समस्या भएकोले त्यसलाई गठबन्धनका उमेदवारले सम्बोधन गर्नुपर्ने माग गरे ।
उमेदवारले आफुहरु निर्वाचित भएमा निर्वाचनका बेला जनतासंग खाएको कसम पुरा गर्ने बताए । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत हुन । गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेशसभा सदस्य प्रकाश बराल जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन् ।
कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका व्यक्तिहरुले उमेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *