शहिदको रगतले पोतिएको रातो झण्डा बोकेर
देशको बिकासमा अग्रगामी छलाङ मार्न
नौलो समाजवादको दिशामा अघि बढिरहेछौ
हिजो हामी
गणतन्त्र जन्माउन भनि
संघियता र धर्म निरपेक्षका लागि
देश र समाजको परिवर्तनको लागि
जनताको दैनिक जीविकाको पक्षमा
नयाँ संविधान लागू गर्न
हरेक पल मृत्युको कफन बांढेर
तानाशाही राजतन्त्रको विरुद्ध युद्ध लडेका
हामी कहाँ नेर कमजोर छौं ररु
कमजोर बनाउन प्रतिक्रान्तिकारी छन
तर तिनका विरुद्ध
पर्खाल बनेर उभिने छौ
माओवादी सिद्दिय भनेर झ्यालि पिटेरहेका छन
हामी कहिल्यै सिद्दिदैनौं
किनकि
माओवाद विचार हो
एक माओवादी
हजारौं वर्ग दुस्मनसंग भिड्नेछन्
हामी त मजबुत धातुबाट बनेका मानव हौं
क्रान्तिको भट्टिबाट खारिएर
नयाँ युगको खोजीमा निस्किएका हामी
सयौं चोट सहेर
एउटा सुन्दर मुर्तिको आकार दिने छौं
हामी माओवादी
देश र जनताको मुक्तिको लागि
हजारौं बलिदान दिएर पनि
एकछिन हार्न तयार छौं
तर फेरि जनतालाई बर्षौबर्ष जीताउने छौं
हामी असक्त होइन ससक्त छौं मजबुत छौं
तर वर्ग दुस्मनहरु मजबुतीका साथ
हामी विरुद्ध भ्रमको जालो फालिरहेका छन
हाम्रो क्रान्तिलाई आत्मसमर्पण गराउन
प्रलोभन देखाइरहेकाछन फसाइरहेछन
नाथे पद र पैसाका पछि लाग्नेहरु
त्याग, तपस्या र समर्पण
अनि हजारौं बलिदानलाई बिर्सेर
माओवादी क्रान्तिलाई धोका दिदै
लम्पसारबादीहरु
बसाइँ सरेकाछन खुसि खोजेकाछन
जन्मिएर नेपाली विविषणहरु
हाम्रो जाति,धर्म,वर्ग र समाज प्रति बेइमानी गरेकाछन
ती संसोधनवादीसंग लड्न तयार छौं
तिनको विरुद्ध जाईलाग्न आतुर छौं
तिनले प्रहार गरेको पासा
छिट्टै तिनै माथि वजार्ने छौं
यो जनताले दिएको अभिभारा पुरा गरेरै छाड्छौ
नेपाली कम्युनिस्ट क्रान्तिलाई धोका दिने छैनौं
किनकि यहाँ जति छौं इमान्दार मात्र छौं
हामी माओवादी
सामुहिकतामा एकता देख्ने छौं
हामीमा ब्यक्तिवाद होइन जनवादी केन्द्रियता हुनेछ
किनभने नौलो समाजवाद खोजिरहेछौ
यसभित्र मानवीय आवस्यकता र देशको गरिमा हुनेछ
त्यसैले यसलाई बचाउन
हामीले उठाएका मुद्दा प्राप्त उपलब्धि गुमाउने छैनौं
हामी उदेश्य प्राप्तिका लागि हमेसा लाग्ने छौ
हामी धेरै बाटो देखेर वा बाटो विराएर अलमलिने छैनौं
माओवादीहरु भावनामा दौडिएर
वा झुठको दलदलमा भासिएर
हामी ऐनामा सुर्य खोज्दैनौ
हामी जे छौं यथार्थ छौं
भ्रष्टाचारको ढलमा पौडिएर
हामीले झुठको महल ठड्याउनु छैन
किनभने हामी क्रान्तिलाई जीवन ठान्छौं
हामी जनतालाई भगवान मान्छौ