लागू औषध मुद्दामा फरार रहेका ३ जना पक्राउ

जिल्ला अदालत कास्कीको विभिन्न मितिले कैद तथा जरिबाना फैसला भई फरार रहेका तीन जना पक्राउ रेका छन् । कास्की प्रहरीले पक्राउ परेका तीन जनालाई मंगलबार सजाय भुक्तानको लागि जिल्ला अदालत बुझाएको छ ।
पक्राउ पर्नेमा लागू औषध मुद्दामा ४ महिना २८ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका पोखरा महानगर–३० का २६ वर्षिय सविन गिरी, सोही मुद्दामा ४ महिना ६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका सोही ठाउँका २२ वर्षको सुजन कामी र ३ महिना २८ दिन कैद साथै २ हजार जरिबाना सजाय तोकी हालसम्म फरार रहेको जिल्ला उदयपुर त्रियुगा नगरपालिका–१५ घर भइ हाल पोखरा–२७ हमालचोक बस्ने वर्ष २८ को अनिल आले रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *