प्रदेशका योजनाले फेरिएको रुपा

Share this post :

Facebook
Twitter
WhatsApp

बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’ को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ अन्तरगत रुपा रिङरोड बनेको हो । प्रदेश सांसदले योजना छनोट गर्ने व्यवस्था अन्तर्गत कास्की १९१० बाट ०७४ मा निर्वाचित दीपक कोइरालाले रुपा रिङरोड छानेका हुन् । आर्थिक वर्ष ०७५÷७६ बाट बहुवर्षीय कार्यक्रममा बजेट छुट्टिएकोमा हालसम्म रिङरोडका लागि झण्डै ३० करोड रुपैयाँ खर्च भइसकेको छ । घरअघिकै मोटरबाटो कालोपत्रे भए पछि रुपाका स्थानीय खुसी छन् । टाकन्जाका स्थानीय छिमालले जीवनमै नसोचेको कुरा पूरा भएको बताए । ‘मैले बाचुञ्जेल यहाँ पिच बाटा बन्छ भन्ने सोचेकै थिइनँ,’ उनले भने, ‘प्रदेश सरकार र यहाँका सांसद नभएको भए अझै कतिवर्ष दुःख पाउनुपथ्र्यो ।’ रिङरोडको बाँकी क्षेत्र कालोपत्रे गर्न फेरि दीपक कोइरालालाई नै प्रदेश सांसद जिताउने उनले बताए । भने, ‘यो बाटो उहाँले नै सुरु गर्नुभयो । अब बाँकी बाटो बनाउन उहाँलाई नै जिताउने हो ।’
रिङरोड मात्रै होइन, रुपा गाउँपालिकाभरि यतिबेला चिल्ला सडक देख्न सकिन्छ । गाउँगाउँमा सडक पुगेपछि स्थानीयले प्रदेश सरकारको उपस्थिति महसुस गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तत्कालीन सांसद कोइरालाले छनोट गरी रकम विनियोजन गरेका आयोजनाले पनि रुपाको रुप फे¥यो । कोइरालाले नै बजेट विनियोजन गरेको अर्को योजना हो, बेगनास भोर्लेटार तालबेंसी करापुटार सडक । उक्त सडक कालोपत्रे गर्न १६ करोड २ लाख रुपैयाँ खर्च भइसकेको छ । सडक स्तरोन्नतिपछि बेगनास ताल हुँदै लमजुङसम्म पुग्ने सर्वसाधारणले सुविधा पाएका छन् ।
सडक सञ्जाल गाउँगाउँसम्म फैलिएको छ । शिवचण्डी मोटरबाटो, आँपु खोला मोटरबाटो, नविनचोक घुम्ती हुदै मड्केन्ला सडक निर्माण, तालवेंसी हाडगेबाड्गे ठूलीवेंसी सडक, खोलावेंसी काउरे सडक, सात मुहाने रुपाकोट थुम्की सडक, सिरकोतानबाट पुलचोक जाने सडक, मादीवेंसी सोला लिफ्टिङ आयोजना, पिप्लेकुनाको मुखदेखि कोइलेनी सडक, दुई पिप्ले सिसाघाट सडक, दुई पिप्ले सिसाघाट टाकान्जा सडक, रुपाकोट फालभञ्ज्याङ सडक पूर्व सांसद कोइरालाकै योजना हुन् । चालु आर्थिक वर्षमा देउराली शीशाघाटघाट सडक कालोपत्रे, थुम्कीदेखि पुलचोक सडक निर्माण तथा सुधार, भानबेशी देखि रामकोट सडक निर्माण तथा सुधार, तावंसशी हाडगेबाडगे रामकोट ठूलीवेंसी माझवेंसी सडक, लियियानी धारापानी इन्द्र डिठगाउँ इन्द्रगुफा सडक, रुपा रिडरोड, रुपाकोट थुम्की सडक, फैचोक माउडाँडा रामदी देउराली सडक, चिसापानी फलभञ्ज्याड सडक, मणिधम्से–सिमलचौर सडक मर्मत योजनाका लागि बजेट विनियोजन भएको छ ।
कोइरालाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नै सिंचाइ, खानेपानी, तटबन्ध, जग्गा संरक्षणमा यो पाँच वर्षमा उल्लेखनीय काम भएका छन् । दरमटार सिंचाइ आयोजना, खाल्टेखोला टाकान्जा सिंचाइ योजना, पस्तेखोला ठूला खेत सिंचाइ योजना, आँपुखोला संरक्षण, टाकान्जा भूमिगत सिंचाइ प्रणाली, देउराली फेदी डिप ट्युबवेल सिंचाइ, पोल्याङटार डिप ट्युबवेल सिंचाइ योजना, आँपू खोला सिंचाइ योजना, विमली सिंचाइ, उपल्लो माझकोट बाह्रबीसे सिंचाइ, थुम्कीमा वृहत खानेपानी आयोजना, खाल्टेखोला टकन्जाटार सिंचाइ योजनामा कोइरालाले बजेट विनियोजन गरे ।
मादी नदी नियन्त्रण, नेपालपाखा बाँसपानी खाल्टे खोला नियन्त्रण, दरमटार सिंचाइ योजना, उपल्लो कुलो योजना, चिसा खोला ढाड सिंचाइ योजना, लपनाटार सिंचाइ योजना, कोत्रे काफटारी सिंचाइ, विद्धिटार उपल्लो सिंचाइ, सिमखेत सिंचाइ, तल्लो खेतको ठूलो कुलो मर्मत, जिमटारी परिखेत गर्सेकलो मर्मत, पोल्याडटार सिंचाइ, मादीवेंसी लिफ्टिङ सिंचाइ, आपु खोला सडक डिल तथा साँधकुलो तटबन्धन निर्माण, दोभान सिंचाइ योजना, ढापकुना कुलो मर्मत तथा निर्माण योजना, आँपु खोला फेदी चेकड्याम निर्माण, नेपाल पाखा खानेपानी लिफ्टिङ योजना प्रदेशकै बजेटबाट बन्यो ।
पर्यटन प्रवद्र्धन, विभिन्न मन्दिर, पाटीपौवा, कुमाल, दलित, नेवाः खल, आमा समूह, सांस्कृतिक समूह लगायतका सामुदायिक भवन समाजघर निर्माणमा बजेट विनियोजन गरेर कोइराला रुपामा स्थानीयबीच लोकप्रिय बने । रुपा गाउँपालिका–१ स्यास्त्रीमा सहिदको सम्मानमा २८ लाख खर्चिएर पार्क निर्माण गरे । उक्त पार्कको लागि चालु आर्थिक वर्षमा थप बजेट छुट्टिएको छ । कृषकका लागि चिस्यान केन्द्र निर्माण, इन्द्रगुफा पर्यापर्यटन प्रवद्र्धन लगायत कार्यक्रमले उनी स्थानीयसँग जोडिए ।
आफूले रुपामा सुरु गरेका कामलाई पूरा गर्न कास्की १९१० मा पुनः उम्मेदवारी दिएको कोइराला बताउँछन् । ‘पाँच वर्षको अनुभवको आधारमा यो निर्वाचन क्षेत्रमा नमुना बनाउन सक्ने योग्य उम्मेदवारका रुपमा आफूलाई उभ्याएको छु,’ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उनले भने, ‘पाँच वर्षअघि जे प्रतिवद्धता व्यक्त गरेको थिएँ, ती पूरा गरेको छु । अब बाँकी कार्यभार पूरा गर्ने अवसर मतदाताले दिनेमा विश्वस्त छु ।’ शनिबार उनले रुपा गाउँपालिकामा पुगेर घरदैलो गर्दै मतदातासँग भेटेर रुपालाई थप समृद्ध बनाउन नयाँ योजनाका साथ आउने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *