प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीको कटाक्ष, ‘बन्दुकले मात्रै सीमाको रक्षा हुदैन’

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुकले मात्रै सीमाको रक्षा नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड)को संगत गरेपछि देउवा पनि बन्दुकका कुरा गर्न थालेको भन्दै देउवालाई जवाफ फर्काएका हुन् । केही दिनअघि दार्चुला गएर सीमानाको विषयमा बोलेका ओलीलाई प्रधानमन्त्री देउवाले सीमानाको रक्षा गर्न बोलेर मात्र नहुने तर, सीमानामै बन्दुक लिएर जान केही दिन अघि देउवाले ओलीलाई जवाफ लगाएका थिए ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा ओलीले गुमेको जमिन बन्दुकबाट नभई वार्तावाट मात्रै फिर्ता सम्भव रहेको बताएका छन् । ‘दार्चुला गएर जमिन फिर्ता ल्याउने कुरा गरेको थिए’ उनले भने, ‘भोलिपल्टै प्रधानमन्त्री देउवाले बन्दुक लिएर सीमानामा जान भन्नुभएछ । बन्दुकले होइन भारतसँग वार्ता गरेर हामी हाम्रो भूमिको रक्षा गर्छौ ।’ उनले मंसिर ४ पछि एमालेले बहुमत ल्याउने र बहुमतको एकल सरकार बनाएर बार्तावाटै मिचिएका जमिन फिर्ता ल्याउने बताएका थिए । नाकाबन्दीको समयमा पनि देउवा चुइक्क नबोलेको भन्दै ओली आक्रोशित भएका थिए । ‘घुँडा टेक्नुको पनि सीमा हुन्छ । घुँडा टेक्दा सुरुवाल मात्र होइन छाला नै फाट्ने गरि टेके’ उनले भने । सत्तारुढ गठबन्धनको कुनै गन्तव्य नभएको पनि उनले बताएका छन् । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ’ उनले भने, ‘यो गठबन्धन जनताको चाहना विपरीत छ । एजेण्डा छैनन् । फरकफरक धारका मान्छे फरक फरक घोषणपत्र छन् । कार्यान्वयन कसको गर्ने ? प्रधानमन्त्री बन्नको लागि मात्र यो गठबन्धन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *