गण्डकीका उर्जामन्त्री हटाइए

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य मन्त्री पदबाट वर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् । सत्ता गठबन्धन भन्दा बाहिर गई एमालेलाई मत मागेको आरोपमा मन्त्री पदबाटै हटाइएको स्रोतले जनाएको छ । उनलाई हटाइएको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पठाइ सकिएको छ ।
स्रोतका अनुसार सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भनेका थिए । तर मुख्यमन्त्री आफ्नै गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो ।
उक्त मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्ने भएका छन् । आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए भने असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट गोरखा २ को १ बाट प्रदेशसभामा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *