गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री खड्कालाई मंगलबार बर्खास्त गरेका हुन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनलाई हटाइएको हो ।
उनी प्रदेशसभा सदस्यका लागि कास्की २ को २ वाट उम्मेदवारको तयारीमा थिए । पार्टीले टिकट नदिएपछि निस्क्रिय रहेका उनी समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।
खड्का २०७८ साउन ८ गते मन्त्री पदमा नियुक्त भएका थिए । मन्त्री पदमा रहदा पनि खड्काले सरकारलाई पटकपटक विवादमा तानेका छन् । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।
Post Views: 27