अर्जुनचौपारीको सिँगो गाउँ नै काँग्रेस प्रवेश

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको एक गाँउका सबै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेको आधार क्षेत्रको रुपमा रहेका अर्जुनचौपारी नगरपालिका–ं१ थापा थरको एक गाउँ नै काँग्रेस प्रवेश गरेको हो ।
बामलोकतान्त्रिक गठबन्धनले गरेको चुनाबी सभामा नेकपा (एमाले) को आधारक्षेत्र रहेका सो ठाँउका ५६ जनाकाँग्रेस प्रवेश गरेका हुन् । अघिल्लो पटक जिताएर पठाएका साँसदले आफूहरुलाई सौताको ब्यवहार गरेको भन्दै उनीहरु कााग्रेस प्रवेश गरेका हुन् । एमाले निकट महिला संगठनकी जिल्ला सदस्य मैना थापाको नेतृत्वमा उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै अर्जुनचौपारी २ केवरे, वडा नं ३ छाप, वडा नं ६ बजार मारासहित चार गाउँका १ सय १७ काँग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गरेका सबैलाई नेपाली काँग्रेसका जिल्ला सभापति एवं क्षेत्र नं १ का उम्मेदवार राजु थापाले पार्टी सदस्यता प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै उम्मेदवार थापाले बोलेर होइन गरेर देखाउने भन्दै गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *