मतपरिणाम सम्बन्धी सूचना सहजीकरण गर्न अयोगको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम सम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने, मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने, मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने, मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने, निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिंक (https://result.election.gov.np) लाई embed गरी प्रकाशन गर्न सक्ने र मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न र नगराउन सबै सञ्चारमाध्यमलाई आग्रह गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *