स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेशसभा २ मा नेकपा एमालेका सुधिर पाैडेल विजयी भएका छन् । निकट तम प्रतिद्वन्दी नेपाली काँग्रेसका बुद्विबहादुर राना (कुमार) लाई ६ मतले हराउँदै विजयी भएका हुन् ।
रानाले १७ हजार ४ सय ३५ मत ल्याउँदा सुधिरले १७ हजार ४ सय ४१ मत प्राप्त गरेका थिए । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य पाैडेल आँधीखाेला गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् । ३७ हजार ८ सय ८ मतमा बदर मत ८ सय ३३ रहेकाे थियाे ।
Post Views: 23