स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे (१) मा नेपाली काँग्रेसका भाेजराज अर्याल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका माेहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भाेजराजले १५ हजार १ सय ६१ मत प्राप्त गरेका छन् भने माेहनले १२ हजार ४ सय ३१ मत ल्याएका थिए । अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुन् भने, रेग्मी पूर्व प्रदेशसभा सदस्य हुन् । अर्याल बाम-लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए । स्याङ्जा २ काे मतगणना बुधबार रातीदेखि भएकाे थियाे । काँग्रेसले मरेका र विदेश गएका व्यक्तिको नाममा मतदान गरेकाे आराेप लगाउदै एमाले लगायतका दलले पुन: मतदानकाे माग राखेपछि १० दिनसम्म मतगणना राेकिएकाे थियाे ।
Post Views: 28