प्रतिनिधिसभा सदस्यमा विजेता महिलाको संख्यउा ९ रहेको छ । प्रतिनिधिसभा सदस्यको लागि गत मंसिर ४ को निर्वाचनमा २ सय २५ महिलाको उम्मेदवारी परेको भए पनि विजयी भने जम्मा ९ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यो संख्या निर्वाचितमध्येको ५.४५ प्रतिशत हुन्छ । प्रत्यक्षमा निर्वाचित महिला न्यून भएका दलले समानुपातिकबाट ३३ प्रतिशत हिस्सा पुर्याउनुपर्ने कानुनी व्यवस्था छ । प्रत्यक्षमा एमालेका सबैभन्दा बढी ४ जना निर्वाचित भएका छन् ।
एमालेबाट सुनसरी–३ मा भगवती चौधरी, धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की रहेका छन् भने कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, माओवादीबाट दाङ–२ मा रेखा शर्मा र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजेता भएका छन् ।
