नयाँ सांसदलाई ‘रेड कार्पेट’

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभामा नयाँ सांसदका लागि ‘रेड कार्पेट’ विछ्याइएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणम सार्वजानिक भएसँगै निर्वाचित सांसदको लागि रातो कार्पेट विछ्याइएको हो । प्रदेशसभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय छन् ।
गण्डकीको राजधानी पोखराको नदिपुरस्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालयमा टेबल कुर्सी सोफासेट र कार्पेट र भित्तामा रङरोगनको काम भइरहेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट ल्याएर पहिलो दल बनेको हो । कांग्रेसपछि एमाले दोस्रो दल बनेको छ । एमालेले २२ सिटसहित दोस्रो दल बन्यो । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट पाएको हो ।
यस्तै, माओवादी केन्द्र ८ सिटसहित तेस्रो दल बनेको छ । माओवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट ल्याएको हो । सरकार निर्माणमा माओवादी निर्णय पनि देखिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका कांग्रेस—एमालेले सरकार निर्माण गर्न चाहे माओवादी निर्णायक देखिन्छ ।
माओवादीले दुवै दलमध्ये जुन सुकैलाई समर्थन गर्छ सोही पार्टीको सरकार बन्ने सम्भावना छ । तर, प्रदेशमा चौथो दल बन्दै उदाएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले पनि समानुपातिकमा १ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा स्वतन्त्र निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै १ सिट बनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *