गण्डकीमा महिला प्रतिनिधित्व ३५ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत हुने भएको छ । प्रदेशसभा सदस्यका लगि दलले समानुपातिक सांसदको नाम निर्वाचत आयोगमा पठाए अनुसार गण्डकीमा महिला सांसदको संख्या २१ हुनेछ । यसअघि प्रदेशसभा सदस्यमा महिला सहभागीता २० सिट थियो । यसवर्ष एक सिट थपिएको छ ।
प्रत्यक्षतर्फ निर्वाचित महिलाको संख्या २ रहेको छ । नवलपुर १ को १ र स्याङजाको १ को १ मा एमालेका उम्मेदवारद्धय पदमा जीसी र सीता सुन्दास विजयी भएका थिए । समानुपातिकतर्फ पहिलो भएको एमालेले समानुपातिबाट ६ महिला चुनेको छ । १० सिटमध्ये ६ ४ जना पुरुष रहेका छन् । समानुपातिकतर्फ एमालेले दलिततर्फ १, जनजातितर्फ ४ र खस आर्यतर्फ १ महिलाको नाम समानुपातिकमार्फत पठाएको छ ।
कांग्रेसले ९ जना महिलाको नाम आयोगमा पठाएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा पाएको ९ सिटमै महिला पठाएको हो । काँग्रेसमा प्रत्यक्षमा निर्वाचित महिलाको संख्या छ । कांग्रेसले समानुपातिकतर्फ दलित समुदायबाट २, जनजातिबाट ४ र खस आर्यबाट ३ जना महिलाको नाम आयोगमा पठाएको छ ।
प्रदेश व्यवस्थापिका अन्र्तगत संविधानको धारा १७६ को उपधारा ९ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ । गण्डकी प्रदेशसभामा ६० सदस्यमध्ये २० जना महिला हुनुपर्ने प्रावधान छ । संविधानलेसमेत संसदमा प्रतिनिधित्व हुने महिलाको संख्या ३३ प्रतिशत अनिवार्य गरेको छ । प्रत्यक्षतर्फ ५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ३ सिट पाएको छ । सवैधानिक व्यवस्थाअनुसार माओवादीले पनि पाएका सबै सिटमा महिला छान्नुपर्ने बाध्यता थियो ।
प्रत्यक्षमा एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले समानुपातिकमा २ सिट पाएको थियो । जसमा एकजना महिला पठाएको छ ।
प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले निर्वाचित हुने महिलाको संख्यासमेत कम हुने गरेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने गरेका छन् । संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *