गण्डकी प्रदेशसभाका तीन वटा विधेयक निष्क्रिय भएका छन् । गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा प्रदेशसभा सचिवालयमा दर्ता भएका विधेयक निष्क्रिय भएका हुन् । सांसदबीच सहमति नजुट्दा र छलफलको लागि सांसदले समय नदिदा विधेयक निष्क्रिय भएको संसद सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेशसभा सचिवालयका अनुसार ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ गरी ३ वटा विधेयक सभाको कार्यकाल सकिएसँगै निष्क्रिय बनेका छन् । गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएका ६२ वटा विधेयकमध्ये ५९ वटा विधेयक प्रदेशसभा वैठकबाट पारित भइसकेका छन् । उक्त विधेयक प्रमाणीकरण भएर पनि कार्यान्वयन भइसकेको संसद सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
निष्क्रिय भएका विधेयक नयाँ गठन भएको सरकारले आवश्यकता अनुसार प्रक्रियागतरुपमा पुनः ल्याउनुपर्ने सचिव पोखरेलको भनाई छ । ो बताए । आमसञ्चार विधेयक २०७७ चैत १८ गते संसद सचिवालयमा दर्ता भएको थियो । यस्तै, केही प्रदेश ऐन संशोधन विधेयक २०७८ चैत २० र कृषि व्यवसाय सम्बन्धि विधेयक २०७९ साउन १६ मा दर्ता भएका थिए । उक्त विधेयकहरु प्रदेशसभा सचिवालयमा सैदान्तिक छलफलपश्चात दफावार छलफलको लािग विधायन समितिमा लगिसकेको संसद सचिवालयले जनाएको छ ।
