कक्षा ११ का उत्सव अर्याल बने लक्की विन्नर

फिशटेल एकेडेमी पोखरामा आयोजना गरिएको वर्ल्ड कप विजेता अनुमान प्रतिस्पर्धा सम्पन्न भएको छ। स्कूलका विद्यार्थी, अभिभावक तथा बाहिरी प्रतिस्पर्धीका लागि समेत खुला गरिएको उक्त प्रतिस्पर्धामा १ हजार ५ सय १७ जनाले भाग लिएका थिए । जसमा १ सय १७ जनाले सही विजेता टीम अर्थात् अर्जेन्टिनाको अनुमान गरेको पाईयो ।
स्कूल प्रांगणमा विशेष एसेम्ब्ली गरेर खुला लक्की ड्र गरिएको उक्त कार्यक्रममा स्कूलका जुनियर फूटबल टीमका क्याप्टेन कक्षा ५ का स्वर्णिम थापाले लक्की ड्र निकालेका थिए । उक्त समारोहमा मन्तव्य राख्दै स्कूलका संचालक अध्यक्ष चीनु रानाभाटले फिश्टेल एकेडमीको खेलको विकासमा लामो ईतिहास रहेको बताएका थिए । स्कूलका कार्यकारी निर्देशक दिनकर नेपालले यस स्कूलमा विद्यार्थीहरुको चौतर्फी व्यक्तित्व विकासमा ध्यान दिईरहेको र विभिन्न गतिविधीहरु मार्फत विद्यार्थीहरुलाई सहकार्य र नेतृत्वका अवसर प्रदान गर्ने रणनीति रहेको जनाएका छन् । विजेता उत्सव अर्याललाई पोखरा अल्ट्रालाईट प्रालिको ३० मिनेटको उडानको टिकट प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *