आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्यालले शपथ लिएपछि अन्य सांसदको लागि पुस १४ गते शपथ खुवाइने गरि कार्यक्रम तय भएको छ । बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने छन् । यस्तै, बस्यालले अन्या सांसदलाई शपथ खुवाउने हुन् ।
गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखेरलका अनुसा पुष १३ विहान ११ बजे ज्येष्ठ नागरिकलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने छन् । शपथ कार्यक्रम दिउँसो १ बजे भए पनि सांसदलाई विहान ११ बजे सचिवालय बोलाउने तयारी भएको उनले बताएका छन् । उनका अनुसार माननीयहरुको फोटो खिचाउने काम, व्यक्तिगत फारम भर्ने काम बाँकी नै छ । यस्तै, निर्वाचन आयोगबाट लिएको प्रमाणपत्रको फोटोकपी पनि लिनुपर्ने भएकाले छिट्टै बोलाइने तयारी भएको उनले बताएका छन् । यस्तै, शपथ लिन आउदा सांसदले नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाणपत्र ल्याउनुपर्ने छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणलीबाट ३६ र समानुपातिक निर्वाचन प्रणलीबाट २४ गरी ६० सांसद छन् ।
