पोखराको फोहोर अब लामेआहालमा फालिने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाले अब वडा नम्बर ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने भएको छ । शुक्रबार पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले वडा ३२ स्थित रहेको लामेआहालमा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
यसअघि पोखरा १४ स्थित रहेको बाच्छेबुडुवामा महानगरले फोहोर फाल्दै आएको थियो । पोखरा १४ मा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने भएपछि महानगरले अल्पकालिन फोहोर व्यवस्थापन लामेआहालमा व्यवस्थापन गर्ने निर्णय गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
बिहीबार मात्र मेयर धनराज आचार्यले पोखराको फोहोर ६ ठाउँमा व्यवस्थापन गर्ने बताएका थिए । आचार्यले मिलेसम्म जुन वडाको फोहोर हो, त्यही वडामा फोहोर व्यवस्थापन गर्ने बताएका थिए ।
महानगरले फोहोर फाल्ने भनिएको उक्त ठाउँमा ठूलो खाल्डो छ । स्थानीयले पनि उक्त खाल्डो पुरिने हुँदा फाहोर फाल्न दिन सहमति जनाएका छन् ।
यसरी दोहोरो फाइदा हुने हुँदा महानगरले उक्त ठाउँमा फोहोर फाल्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *