काँग्रेस संसदीय दलको निर्वाचन पुस १२ मा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेस संसदीय दलको निर्वाचन पुस १२ गते हुने भएको छ । यसको लागि शुक्रबार निर्वाचन समिति गठन भएको छ । गण्डकी प्रदेश काँग्रेस पदाधिकारीको शुक्रबार बसेको वैठकले पार्टीका महामन्त्री विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ । सदस्यमा सहमहामन्त्रीद्धय रमेश पाण्डे र कोपीला रानाभाट रहेका छन् । यस्तै, काँग्रेस निकट प्रजातान्त्रिक कानुन व्यवसायी संघ गण्डकीका अध्यक्ष फणिन्द्र कोइराला र सोही संस्थाका कास्की जिल्ला अध्यक्ष कपीलमणी दाहाल सदस्य रहेका छन् ।
समितिले शनिवारबाट नै निर्वाचन प्रक्रियाको काम सुरु गर्ने अध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार सुरुमा वैठक बसेर आकांक्षीलाई सहमतिमा ल्याउने छौ । वैठकमा सहमति जुट्न सकेन भने निर्वाचन प्रक्रियामा अघि बढ्छौ । सहमति नजुटेमा उक्त समितिले पुस १२ मा निर्वाचन गर्ने तयारी थाल्ने जनाएको छ । ‘दलको नेता बन्न क–कसले रहर गर्नुभएको छ अहिलेसम्म आधिकारीकरुपमा भन्नुभएको छैन’ उनले भने, ‘वैठकमा छलफल हुनेछ । रहर हुने अघि बढ्नुहुन्छ । सर्वसम्मत नभए निर्वाचन गराउँछौ ।’ उनले निर्वाचन प्रक्रियामा गए विवाद पनि नहुने बताए । काँग्रेस संसदीय दलको नेता बन्नको लागि कास्कीका विन्दुकुमार थापा, स्याङ्जाका भोजराज अर्याल, गोरखाका सुरेन्द पाण्डे र पूर्वी नवलपरासीका महेन्द्रध्वज जिसी दौडधुपमा छन् । गण्डकी प्रदेशसभा सचिवालयले पुसा १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्याललाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ । यस्तै, बाँकी सांसदलाई पुस १४ गते शपथ खुवाउने कार्यक्रम भइरहदा प्रदेश सांसदहरु दलको नेता बन्न दौडधुपमा छन् । सरकार गठन हुनुअघि गण्डकी प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने दौडमा सांसदहरु व्यस्त भएका हुन् । यस्तै, नेकपा एमालेले पुस १० गते पार्टीको पदाधिकारी वैठक छ । संसदीय दलको नेता चुन्ने विषयमा नै पदाधिकारी वैठक आयोजना गरिएको पार्टीका प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए । उनका अनुसार सोही दिन निर्वाचन समिति गठन हुनेछ । बाँकी काम गठित समितिले नै गर्ने उनले बताएका छन् । एमालेमा संसदीय दलको नेतामा कास्कीका खगराज अधिकारीको चर्चा छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले पनि शपथ कार्यक्रमकै दिनमा दलको नेता टुङग्याउने तयारी रहेको प्रदेश सांसद हरिबहादुर चुनान बताउँछन् । मुख्यमन्त्रीका दाबेदार चुमान नै माओवादी केन्द्र संसदीय दलको नेताको तयारीमा छन् । ‘मुख्यमन्त्री पार्टीले भागवण्डा लगाएर टुङग्याउला त्यही निर्णय कुरेर बसेका छौ’ उनले भने, ‘यसपटक गण्डकीमा मुख्यमन्त्री हामीले पाउनुपर्छ । केन्द्रमा निर्णय नभएकाले दलको नेता चुनिएको छैन् ।’ उनले दलको नेता चुन्न समय नलाग्ने बताए । यता, समानुपातिकतर्फ २ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने शुक्रबार पञ्चराम गुरुङलाई दलको नेता चयन गरेको छ । पार्टीको प्रदेश वैठक र अर्का सांसदको सल्लाहमा नै नेता चयन गरिएको गुरुङले बताए । गण्डकी प्रदेशसभामा ५ दलको सहभागीता रहनेछ । गण्डकीमा सवैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसले २७ सिट जितेको छ भने दोस्रो दलको रुपमा रहेको एमालेका २२ सांसद रहेका छन् । यसैगरी ८ सांसदसहित माओवादी केन्द्र तेस्रो हैसियतमा छ । एकीकृत समाजवादीको तर्फवाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका दीपक मनाङे सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *